
काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो । महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरूलाई गर्व गर्न सक्ने स्थिति सिर्जना गर्ने बताउनुभयो ।
पेट खाली राखेर खेलाडीहरूले खेल्न नसक्ने भन्दै उहाँले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएको बताउनुभयो ।
अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर वृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्