
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरपालिकाले विकास बहसको नाममा शक्ति प्रदर्शन गरेको छ ।
‘समृद्धि भरतपुरका लागि विकास बहस’ नाम दिइएको कार्यक्रममा माओवादी अध्यक्ष दाहालसहित सात जना क्याबिनेट मन्त्री सहभागी भएका छन् । नेकपा (एमाले)को दशौं महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा माओवादीले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै माओवादी अध्यक्ष दाहालले देशमा राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको उद्घोष गर्नुभयो । देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय शक्ति’का रूपमा स्वीकारिएको उहाँको दाबी छ ।
माओवादी कमजोर हुँदा र सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको भन्दै उहाँले एमाले सबैभन्दा ठूलो प्रतिक्रियावादी शक्ति भएको टिप्पणी गर्नुभयो । अहंकार र दम्भले ग्रस्त भएका तत्वलाई बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पु¥याउने कामको अगुवाई माओवादीले नै गरेको उहाँको भनाइ थियो ।
अर्थमन्त्री जनार्दन शर्माले भरतपुरमा अलपत्र परेका र रोकिएका योजनालाई गति दिन आफ्नो मन्त्रालयबाट पूर्ण सहयोग रहने बताउनु भयो ।
त्यस्तै पर्यटनमन्त्री प्रेम आलेले चितवनको पर्यटन क्षेत्रलाई उकास्न सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्