
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको छ ।
सोमबार नेपाल बार एशोसिएसनले ज्ञापन पत्र बुझाएपछि उहाँले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पार्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरूले अब ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले राज्यका अंगभित्र भएका समस्या आफै हल गरुन भन्ने आफूहरुको चाहना रहेपनि अव सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वभाविक भएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्