
एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दैछ । पहिलो खेलमा हङकङसँग पराजित नेपाली टोलीले दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजे हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो ।
नेपाल पहिलो जितको खोजीमा रहँदा भुटान लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
ग्लोबल छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । छनोटअन्तर्गत नै नेपालले तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्