
काठमाडौं । नेपाल बार एसोसिएसनले बिहीबार नागरिक समाजसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।
आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको बताउनुभएको हो । बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च अदालतमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।
बिहीबार भने नागरिक समाजका सदस्य्सहित दिउँसो २ वजे बालुवाटार मार्च पास गर्ने उहाँले बताउनुभयो । कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन थालेको थियो ।
कार्यपालिकासँग नियुक्तिमा भाग मागेको, सहमति कार्यान्वयन नगरेको, बिचौलियालाई प्रश्रय दिएको लगायतको आरोप लगाउँदै बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्