२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धनकुटा कांग्रेसको जिल्ला अधिवेशन स्थगित


0
Shares

धनकुटा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत धनकुटाको जिल्ला अधिवेशन स्थगित भएको छ ।

सोमबारबाट सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा सहमति नभएपछि अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

सहमतिको अधिकतम प्रयास गर्दासमेत सफल हुन नसकेपछि अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिका जिल्ला निर्वाचन अधिकृत पिकम राईले जानकारी दिनुभयो ।

१४औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो आकांक्षी छन् ।