
काठमाडौं । नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यससँगै नेपालमा कोरोनाको खोप लगाएकाहरूले भारतमा मान्यता पाउँछन् भने भारतमा खोप लगाएकाले पनि नेपालमा मान्यता पाउने भएका छन् ।
यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्