
डडेल्धुरा । क्रियाशील सदस्यता विवादकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा अधिवेशन गरिएको भन्दै डडेल्धुरामा कांग्रेस कार्यकताले विरोध प्रदर्शन गरेका छन् ।
अवैधानिक अधिवेशन खारेजीको माग गर्दै पार्टी कार्यालयबाट निकालिएको र्याली सदरमुकामको बसपार्क देखि कीर्तिपुर बजारसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
क्रियाशील सदस्ययता विवाद टुंग्याउनुपर्ने र अवैधानिक अधिवेशनको खारेजीका लागि जिल्ला संस्थापन पक्ष केन्द्रीय कार्यालयमा रिले अनसन बसिरहेको छ ।
अनसन बसिरहेकै बेला जिल्लामा एकलौटी र एक पक्षीय ढंगले अधिवेशन गरिएको भन्दै उनीहरुले चर्को असन्तुष्टि जनाउँदै आएका छन् ।
सभापति कर्णबहादुर मल्ल पक्षका युवाहरूले सदरमुकाममा मोटरसाइकल र्यालीसमेत निकालेको जिल्ला कार्य समिति सन्तोष देउवाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्