१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस सर्लाहीको अधिवेशन विवाद मिल्यो, खटाइए नयाँ निर्वाचन अधिकृत


0
Shares

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको अधिवेशन विवाद मिलेको छ ।

केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि मंगलबार केन्द्रीय निर्वाचन समितिले जिल्लाका दुवै समूहलाई सहमतिमा ल्याएको जनाएको हो ।

सहमति भएसँगै सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृतको रूपमा भरत राउतलाई खटाइएको छ । राउत यसअघि जिल्लामा छ निर्वाचन क्षेत्रबाट चार वटा निर्वाचन क्षेत्र कायम गर्दा कांग्रेस नेताहरूको समायोजनका लागि सर्लाही आउनुभएको थियो ।

सर्लाहीमा मुख्यगरी वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएकाले कांग्रेसको अधिवेशननै सुरु हुन सकेको थिएन । अहिले भने केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृत खटाएको छ ।

कुन मतदान अधिकृतलाई कुन वडा खटाइएको भन्नेबारे गोप्य राखिएको छ । अब वडा अधिवेशन मंसिर ९ वा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिनुभयो ।