१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेद्वारा अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन, काे-काे परे ?


0
Shares

काठमाडौं । नेकपा (एमाले)ले १० औं राष्ट्रिय महाधिवशेनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल र ७ सदस्यीय माइन्युट कमिटि बनाएको छ ।

ललितपुरको च्यासलस्थित ललित स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको अध्यक्ष मण्डल बनाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

अध्यक्ष मण्डलमा अध्यक्ष ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा छन् ।

यस्तै, बैठकले ७ सदस्यीय माइन्युट कमिटी गठन गरेको छ । कमिटीमा पृथ्वीसुब्बा गुरुङसहित सुर्य थापा, विष्णु रिजाल, गोविन्द नेपाली, मनोज थापा, ठाकुर गैरे र ज्वालाकुमारी साह छन् ।