
काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनमा प्रतिनिधि बढ्ने भएका छत् । एमाले सचिव योगश भट्टराईको अनुसार एमालेको प्रतिनिधिसंख्या बढेर २ हजार ३ सय २७ पुग्ने भएको हो ।
हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना छ । निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ रहेका छन् । त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ । त्यस्तै कूल सदस्यको ५ प्रतिशत मनोनित गर्दा १ सय ३ जना गरी महाधिवेशन हुने छन् ।
यसअघि एमालेले महाधिवेशन प्रतिनिधि १ हजार ९ सय ९९ जना हुने जनाएको थियो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले यो बीचका करिब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी भएको बताउनुभयो । तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४ सय ५३ पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्