१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सूर्यमा ग्रहण लागेकाे भन्दै माधव नेपालले भने- ‘निर्वाचनपछि एमाले पत्तासाफ हुन्छ’


0
Shares

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आउने निर्वाचन पछि एमाले पत्तासाफ हुने ठोकुवा गर्नु भएको छ ।

जनकपुरमा आज आयोजित पार्टी प्रवेश तथा पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेको सूर्यमा ग्रहण लागि सकेको भन्दै निर्वाचन पछि एमाले पत्तासाफ हुने दावी गर्नुभयो ।

एमालेले हिजो माओवादीसंग पार्टी एकता गरेपछि चुनाव जितेको भन्दै अब त्यसको ठिक उल्टो परिणाम आउने भएकाले केपी शर्मा ओली नेतृत्वको एमाले देशभरबाट बडारिने बताउनुभयो । उहाँले एमालेको महाधिवेशन सकिनासाथ एमाले अध्यक्ष ओलीलाई बिचारा भन्नु पर्ने अवस्था आउने टिप्पणी गर्नुभयो ।

उहाँले आफनो पार्टी लोकतन्त्र र जनताको अधिकार सहितको अभियानको साथ अगाडि बढी सकेको बताउनुभयो । ओलीको दम्भका कारण एमालेको यस्तो हालत भएको भन्दै आफनो पार्टीमा जनताको प्रवेशको लहर देखेर ओली अत्तालिएर बरबराउन थालेको दाबी गर्नुभयो ।

सबै जाति र समुदायको अधिकारका लागि आफु अगाडि आएको बताउदै कुनैपनि जाति समुदायलाई होच्याउने खालको कार्य नगर्न आफना कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । नेपालले जनकपुर नै प्रदेशको राजधानी उपयुक्त रहेको पनि बताउनुभयो ।