१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चेतना अभावमा सरकारी सुविधाबाट बञ्चित राउटे समुदाय


0
Shares

कञ्चनपुर । जिल्लाको भीमदत्त– ९ मटैनामा रहेका राउटे समुदाय चेतना अभावका कारण सरकारी सेवासुविधाबाट बञ्चित भएका छन् ।

कानुनले २० वर्ष नपुगी विवाह गर्न रोक लगाएको भए पनि कलिलै उमेरमा विवाह गरेकाले विवाह दर्ता हुन नसक्दा उनीहरू सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका हुन् ।

कञ्चनपुरमा राउटे जातीका ८ परिवार छन् । जसमध्ये भीमदत्त नगरपालिका– ९ मटैना, जिमुवामा ५ परिवार छन् भने सोही वडाको खल्लामा ३ परिवार छन् । जसमध्ये ४ जनाको परिचयपत्र बन्न सकेको छैन ।

सरकारले दिएको भत्ताकै भरमा जीवनयापन गर्दै आएका उनीहरूलाई सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुँदा दैनिक छाक टार्नसमेत समस्या भएको छ ।

सरकारले जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेलाई समाजमा स्थापित गर्न मासिक २ हजारका दरले भत्ताको व्यवस्था गरेको छ ।.