
काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
विभिन्न ६ विद्यार्थी संगठनले बुधबार विहान बालुवाटारमा संयुक्त ज्ञापन पत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।
पत्र बुझेपछि प्रधानमन्त्री देउवाले विद्यार्थी संगठनले उठाएको मुद्दा जायज भएको भन्दै सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय जवाफ दिनुभएको अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो ।
ज्ञापन–पत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल लगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्