१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्वाेच्च गेटबाट ‘बालुवाटार न्याय मार्च’ गरिँदै


0
Shares

काठमाडौं । विभिन्न पेशागत तथा नागरिक संस्थाहरूले गर्दै ‘बालुवाटार न्याय मार्च’ गर्ने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाउन माग संस्थाहरूले आज (बिहीबार) दिउँसो २ बजे सर्वोच्च सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म न्याय मार्च गर्ने भएका हुन् ।

मार्चमा सहभागी हुन नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले मंगलबार नै आह्वान गरेका थिए ।

पेशागत तथा नागरिक संस्थाहरूले प्रधानन्यायाधीश राणाविरुद्ध तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्न माग गरेका छन् ।

गठबन्धन सरकारले न्यायपालिकाको प्रतिष्ठा गिराएर कानुन व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा हरियारधारी दंगा प्रहरी परिचालन गरी सर्वोच्च अदालतलाई युद्धग्रस्त क्षेत्रजस्तै बनाएको आरो पनि उनीहरूले लगाउँदै आएका छन् ।

न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूसँग संस्थाहरूको माग छ ।