
स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अन्तर्गत स्याङजाका क्षेत्रीय सभापतिहरूको टुंगो लागेको छ ।
बुधबार राति सम्पन्न मतगणनाअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी र क्षेत्र नं २ मा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण सभापतिमा निर्वाचित भएका छन् ।
रेग्मीले ओमबहादुर भट्टलाई ३ सय १५ मतले पछि पार्दै विजयी हुनुभएको हो । सचिवमा मनोज मल्ल र सुर्यप्रसाद शर्मा लामिछाने तथा सहसचिवमा ध्रुर्व शर्मा र पशुपति पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा खाँणले ध्रुवप्रसा शर्मा(पंगेनी)लाई ४ सय ५९ मतान्तरले पराजित गर्नुभएको हो । सचिवमा फणिनारायण रेग्मी (दिपक) र यादवप्रसाद पाण्डे (सुन्दर) निर्वाचित हुँदा सह–सचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे चुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस्