१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार महिनाको ५ खर्बको व्यापार घाटा, अर्जेन्टिनासँग मात्रै १९ अर्बको


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ५ खर्ब ६८ अर्ब पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा गत वर्षको तुलनामा व्यापार घाटामा ५६ दशमलव ८३ प्रतिशतले वृद्धि भई ५ खर्ब ६८ अर्ब पुगेको हो । यस अवधिमा ७ खर्ब ३२ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्बको वस्तु आयात हुँदा ८२ अर्ब १२ करोडको वस्तु निर्यात भएको छ । गत वर्ष भन्दा यस वर्ष आयातमा ६१ दशमलव ५७ प्रतिशतले वृद्धि हुँदा निर्यातमा १ सय ४ प्रतिशतले वृद्धि भएको छ । आयातमा बढिरहँदा व्यापार घाटाको आकार बढिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार कात्तिक मसान्तसम्ममा सबैभन्दा बढि ८८ अर्ब २४ करोड बराबरको पेट्रोलियम पदार्थको आयात हुँदा ४८ अर्ब ९७ करोडको मेसिनरी सामग्री, ४६ अर्ब ९१ करोडको इलेक्ट्रिक सामग्री, ४४ अर्ब ५९ करोड बराबरको सवारीसाधन आयात भएको छ ।

भन्सार विभागकै तथ्याङ्कअनुसार ५५ अर्ब करोडको फलाम तथा स्टिल आयात हुँदा २० अर्ब ५४ करोडको औधधिजन्य उत्पादन, ५६ अर्ब २४ करोडको फलफूल तथा तरकारी आयात हुँदा १० अर्ब बराबरको तेल जन्य उत्पादन भित्रिएको छ । विभागको अनुसार २२ अर्ब ५७ करोडको गेडागुडी मात्रै आयात भएको छ ।

भन्सार विभागका अनुसार भारतसँग मात्रै नेपालको व्यापार घाटा ३ अर्ब १९ अर्ब बढि छ भने चीनसँग नेपालको व्यापार घाटा ९३ अर्बमाथि पुगेको छ । यता अर्जेन्टिनासँग नेपालको व्यापार घाटा १९ अर्ब बढि पुगेको छ ।