१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआरएनएको महाधिवेशन संरक्षक परिषद्लाई गर्न निर्दे सरकारी निर्णयको स्वागत


0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को संरक्षक परिषदलाई संघको दशौं महाधिवेशन गर्न जिम्मा दिने परराष्ट्र मन्त्रालयको निर्णयलाई संघका केही सल्लाहकारहरू र पदाधिकारीलेले स्वागत गरेका छन् ।

संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले मन्त्रालयको उक्त निर्णय स्वाभाविक भएको बताउनुभयो । आचार्यले वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले विधानको मर्म र भावना अनुरुप संरक्षक परिषदलाई जिम्मा दिने निर्णय उचित रहेको बताउनुभयो ।

‘यो निर्णयप्रति कसैले पनि आपत्ति जनाउनुपर्ने देख्दिन,’ उहाँले भन्नुभयो, ‘कसैलाई आरोप, प्रत्यारोप लगाउनुभन्दा जतिसक्दो चाँडो महाधिवेशन र चुनाव गर्न संरक्षक परिषद्लाई सघाउन सबै साथीहरूलाई अपिल गर्दछु ।’

यसैगरी संघका केन्द्रीय सल्लाहकार विश्वआदर्श पन्डितले परराष्ट्रको पछिल्लो कदमले एकपक्षीय तरिकाले गर्न खोजिएको निर्वाचन र महाधिवेशनले संघलाई विभाजनको संघारमा पुर्याउने कामलाई रोकेको बताउनुभयो ।

संघका अर्का केन्द्रीय सल्लाहकार सोम सापकोटाले एनआरएनए परराष्ट्रमा दर्ता भएको संस्था भएकाले परराष्ट्रको निर्देशन र सुझावअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।