
काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मधेशका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सर्लाही–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मधेशका मुद्दा सम्बोधन गर्न अन्य पार्टी भन्दा माओवादी प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाँले मधेशमा माओवादीको जनलहर बढ्दै गएको बताउँदै माओवादी पहिलो पार्टी बन्ने दाबी गनुभयो ।
‘कार्यशैली, सोच र हामीलाई सुधारी उत्पीडन जनताको पक्षमा उभिनुपर्छ’,‘ उहाँले भन्नुभयो, ‘हाम्रो संकल्प छ हामीले पार्टीलाई २०६४ सालको ठाउँमा पर्याउनुपर्छ ।’
नेकपा माओवादीलाई केही शक्तिहरूले गलत प्रचार गरिरहेको बताउँदै त्यसलाई चिर्न कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ छ । माओवादी ल्याएको उपलब्धी उल्ट्याउने केही शक्तिहरू लागिरहेको पनि उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्