१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै नेपाल बार, प्रधानन्यायाधीशको राजीनामा बारे छलफल हुने


0
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको बारले जबरामाथि महाअभियोगको माग गर्दै देउवालाई ज्ञापनपत्र बुझाउने भएको हो ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवालाई विहान साढे १० बजे ज्ञापन पत्र बुझाउँदैछ । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धीकरणको अवधरणाका विषयमा छलफल हुने बार अध्याक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।

आन्दोलनरत बारका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । बारले यसअघि सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्षा गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्र लगायतलाई ज्ञापन पत्र बुझाइसकेको छ ।