१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस जिल्ला अधिवेशन आजदेखि शुरु, प्रदेश २ बाहेकका जिल्लाहरुमा अधिवेशन हुदै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन शुरु भएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने क्षेत्रीय निर्वाचनकै क्रममा जिल्ला अधिवेशन भईसकेको छ । प्रदेश २ का ८ जिल्ला बाहेक ४२ वटा जिल्लामा आजदेखि जिल्ला अधिवेशन शुरु भएको हो । काठमाडौंको जिल्ला अधिवेशन सोमबार हुने भएको छ ।

उता, चितवनमा एमालेको महाधिवेशनका कारण आवत जावतमा कठिनाई हुने भन्दै जिल्ला अधिवेशन पर सारिएको छ । चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले आवतजावतमा समस्या हुने भएकाले आजका लागि तय गरिएको अधिवेशन केही दिन पछि गर्ने गरी सारिएको बताउनु भएको हो । कांग्रेस अधिवेशन संगोल पार्टी प्यालेस भरतपुर– ४ यज्ञपुरीमा शुक्रबार र शनिबारका लागि तोकिएको थियो ।