
विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट जिल्ला सभापतिमा डा. केदारनरसिंह केसी र रमेश महतको उम्मेदवारी परेको छ ।
जिल्ला सदरमुकाम विदुरमा शुरू महाधिवेशनमा केसी प्यानलबाट उपसभापतिमा उपेन्द्र कुईकेल र होमबहादुर तामाङ, सचिवमा शंकर पाण्डे र शिव दाहाल तथा महत प्यानलबाट उपसभापतिमा सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठले उम्मेदवारी दिनुभएको ।
नुवाकोटमा केन्द्रको जस्तो देउवा, पौडेल प्यानल नभई सभापतिमा दुबै जना पौडेल पक्षका छन् । यहाँ केसी र महत प्यानल बनेर निर्वाचन हुन लागेको हो । जिल्लामा वडा तहदेखि नै केसी, महत प्यानलगत रूपमा प्रतिनिधि चुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस्