
मेलम्ची । इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नं २, सिन्धुपाल्चोकबाट तामाङले उम्मेदवारी घोषणा गर्नु भएको हो । मंसिर १० र ११ गते हुने अधिवेशनमा राजनैतिक निष्ठाको पर्याय तामाङले खुल्ला तर्फबाट आफ्नो उम्मेद्वारी दिनु भएको हो ।
तामाङ २०७४ सालको स्थानीय चुनावमा ईन्द्रावती गाउंपालीकाको अध्यक्षमा निर्वाचीत हुनु भएको हो । त्यस लगत्तै ५ बर्षका लागि गाउँपालीकाहरुको छाता संगठन गाउंपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हाल्नु भएको हो ।
२०६७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिनु भएका तामाङ राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा निरन्तर निष्ठाको धरोहर बनेर अघि बढीरहनु भएको छ । सामाजिक कार्यमा निरन्तर लागि रहनु भएका तामाङ महाभुकम्प लगायतका बिपत्तीमा जनताको लागि अहोरात्र गटिएर काम गर्नु भएको थियो ।
त्यस्तै, कोरोनाको समयमा टोल टोलमा डाक्टर अभियान नै चलाएर तामाङले जिल्लामै प्रथम पटक कोरोनामुक्त गाउँपालिका बनाउन सफल हुनु भएको थियो । गाउँपालिकालाई नमुना बनाउनु भएका अध्यक्ष तामाङले पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्