२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को सभापतीमा आइतमान तामाङको उमेदवारी घोषणा


0
Shares

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा आइतामान तामाङले उमेदवारी घोषणा गर्नु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० र ११ गते हुने अधिवेशनमा सभापति उमेदवारी घोषणा गर्नु भएको हो । यस अघि पनि सभापति रहनु भएका तामाङले पुन उमेदवारी दिनु भएको हो ।

अघिल्लो कार्यकालमा पनि सभापति बनेका तामाङले संगठन सुदृणिकरण र सवल कांग्रेस निमार्णका लागि उमेद्वारी दिएको बताउनुभयो । युवाहरुलाई समेटेर राजनितीमा होमिनु भएका तामाङले यो अधिवेशनमा क्षेत्रिय सभापतिमा आफुलाई जिताउन आग्रह गर्नु भएको छ ।

तामाङले तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो ।