७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


देउवा पक्षले सत्ताको दुरुपयोग गरेको शेखरको आरोप


0
Shares

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।


कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखिएको भन्दै कोइरालाले त्यसप्रति आपत्ति जनाउनु भएको छ ।


कोइरालाले सामाजिक सञ्जाल मार्फत बर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बिच बाटोबाट पक्राउ गर्ने कार्य गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ ।

कोइरालाले भन्नुभएको छ “ पार्टीको आन्तरिक र सांगठनिक कृयाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यान आकृष्ट गराउँन चाहन्छु।कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै हो।”कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।