१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश बाहेकको इजलास गठन गर्न बारको आग्रह

उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली लागू गर्न जोडदार माग

0
Shares

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्ययाधीश चोलेन्द्रशम्शेर राणा बाहेकको इजलास गठन गर्न आग्रह गरेको छ ।

शुक्रबार एशोसियसनका महासचिव अधिवक्ता लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणबाहेकको इजलास गठन गर्न र प्रधानन्यायाधीश संलग्न इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेको छ । साथै त्यस्ता इजलासमा बहस पैरवी नगर्न कानुन व्यवसायीहरुसँग अनुरोध गरेको छ ।

यस्तै, एशोसियसनले सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास गठन गर्ने प्रक्रिया कार्यान्वयनमा आउन लागेको कदमको स्वागत गर्दै देशभरका उच्च र जिल्ला अदालतमा पनि नियमावली संशोधन गरेर गोला प्रणाली अविलम्ब लागू गर्न जोडदार माग गरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन चर्काइरहेको बारले राजीनामा नआएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउनेसमेत जनाएको छ ।

कानुन व्यवसायी र न्यायाधीशको विरोधपछि मंसिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेशी तोकिँदैछ । त्यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।