१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणी तीरमा दिनभर (फोटोफिचर)


26
Shares

काठमाडौं । शुक्रबार नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन चिवतनको नारायणी तिरमा सम्मपन्न भयो ।

पाँच लाखभन्दा बढी मानिस उतारेको दाबी गरिरहेको एमालेको महाधिवेशन उद्घाटन समारोहमा देशका विभिन्न राजनीतिक दलका नेताहरूको साथै विभिन्न देशका प्रतिनिधिहरुको समेत उपस्थिति रह्यो । शुक्रबार दिनभर नारायणी किनारमा एमालेका नेता तथा कार्यकर्ताको भीड लाग्यो । नारायणी नदीमा धेरै डुंगा सयर गरे भने उद्घाटनकै बीच जहाजबाट पुष्पवृष्टि गरियो ।

पौने एक बजेबाट सुरु भएको उद्घाटन समारोह ४ बजे समापन भयो । साँझ परेसँगै कार्यकर्ताहरु घर–घर हिड्दा महाधिवेशन प्रतिनिधि र नेताहरू सौराहतिर लागे । उद्घाटन समारोहमा विदेशी पाहुनाले मन्तव्य राख्न नपाए पनि शनिबार सौराहमा सुरु हुने बन्द सत्रमा विदेशी पाहुनाहरुले बोल्नेछन् । शनिबार र आइतबार सौराहको सेभेन स्टार होटलमा पार्टीको महाधिवेशनले प्रनिनिधि चयन गर्नेछ ।

दिनभर नारायणी तीरमा रहेका चितवनस्थित ईमेजकर्मी डोलनाथ रानाभाटको क्यामेरामा कैद भएका केही तस्वीरः