१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्वसम्मति नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी


0
Shares

काठमाडौं । एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ ।

सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै कार्यकर्ताले बन्दसत्रस्थल बाहिर नाराबाजी गरेका हुन । उनीहरुले ‘केपी ओली, हाइहाइ’, ‘सर्वसम्मत हुनैपर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ ।

नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् । एमालेको १० ‌औं महाधिवेशन चितवनमा जारी छ । शुक्रबारबाट सुरु भएको महाधिवेशन आइतबारसम्म चल्ने तालिका छ ।