
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएसँगै सरकारले सर्तकताको पहल सुरु गरेको छ ।
नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरूमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाक्रोन संक्रमण पुष्टि भएसँगै रोकथामको पूर्वतयारीबारे पहल सुरु गरेको हो ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने तयारी गनुभएको छ ।
धेरै देशहरूले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएका छन । दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको अत्यन्तै संक्रामक मानिएको ओमाक्रोन भेरिएन्टलाई डब्लुएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।
दक्षिण अफ्रिकासँग नेपालको सीधा उडान नभए पनि हङकङजस्ता सीधा उडान भएका मुलुकमा संक्रमण पुष्टि भएपछि नेपाल सतर्क बनेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले हङकङमा यो भेरिएन्टका दुईजना संक्रमित भेटिएकाले संक्रमित संख्यामा वृद्धि भए हङकङसँगको उडान रोक्ने तयारी भइरहेको बताउनुभयो ।
नयाँ भेरिएन्ट फैलिएको परिस्थितिबारे छलफल गर्न आइतबार दिउँसो कोभिड–१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी)को बैठक पनि बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्