१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओमिक्रोन भेरियन्टबाट बच्न भारतमा उच्च सतर्कता, मोदीले बोलाए आपतकालीन बैठक


0
Shares

एजेन्सी । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभयो ।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेका छन् । प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभयो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।

मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताउनुभयो ।

भारतले हङ्कङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।