
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रूपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ ।
एमालेको १० औं महाधिवेशनमा सन्देश पठाउँदै सीपीसीले यस्तो धारणा राखेको हो । सीपीसी केन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ ।
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विकास र समझदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।
सीपीसीले हालै आफूहरूले स्थापनाको एक सयौं वर्ष मनाएको भन्दै त्यस क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा गरिएको र ती उपलब्धि तथा सिकाइहरूलाई आदान प्रदान गर्न चाहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्