६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


भिमसेनदास प्रधानद्वारा बागमती प्रदेश सभापतिमा उम्मेदवारी घोषणा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेता प्रधानले शनिबार काठमाडौंको शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले प्रदेश भित्रका सबै जिल्लाहरूसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने बताउनुभयो ।