
काठमाडौं । २०७२ सालको भूकम्पले क्षति पु¥याएको सम्पति ५२ प्रतिशतले पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ ।
शनिबार काठमाडौंमा सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पतिको पुनरुत्थान कसरी भयो भन्नेबारे उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिसहरूसँग भएको जीवन चलाउने स्रोत उत्पादनशील सम्पतिको पुनरुत्थान कसरी सम्भव भयो भन्ने विषय समेटिएको छ ।
अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पुननिर्माण प्राधिकरणका विष्णु भण्डारीले यस बीचमा भूकम्पपछि विभिन्न विषय र पक्षमा अध्ययन अनुसन्धान भए पनि जनताको अर्थतन्त्रसँग जोडिएको विषयमा अनुसन्धान नभएकाले यो एउटा महत्वपूर्ण दस्तावेज नै भएको बताउनुभयो । अर्थतन्त्रसँग जोडिएको यो नै पहिलो प्रतिवेदन भएको उहाँको भनाइ थियो ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भूकम्पपछि सम्पत्तिको पुनरुत्थानको अनुसन्धान कठिन भए पनि प्रतिवेदन तयार पारिएको बताउनुभयो । प्रतिवेदनले भूकम्पछि जनताले आफ्नो क्षति भएको सम्पत्ति कसरी पुनरुत्थान गरे भन्ने बारे जानकारी दिने बताउनुभयो ।
सम्पत्तिको पुनरुत्थान, घर पुननिर्माण गर्न ९० प्रतिशत पुननिर्माण प्राधिरकणको सहयोग लिएको प्रतिवेदनले देखाएको छ । रेमिटेन्सबाट १८ प्रतिशत, २० प्रतिशत पुरानो सम्पति बेचेर र ८५ प्रतिशत विभिन्न संघसंस्थाले दिएको सहयोग मार्फत पुनरुत्थान गरेका छन् । त्यस्तै, पुनरुत्थानपछि सम्पत्तिको मूल्य ४ गुणाले बढेको प्रतिवेदनले देखाएको छ ।
भूकम्पपछि ५ लाख ४ हजार रहेको सम्पती अहिले ४ गुणाले बढेर २२ लाख सम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी मूल्य बढ्नुमा भूकम्प भन्दा अगाडी सडक नपुगेका ग्रामिण क्षेत्रमासमेत सडक बाटो पुगेकाले तथा समाजिक अर्थतन्त्रमा आएको परिर्वतन र बजारको विस्तारले सम्पत्तिको मूल्य ४ गुणा भन्दा बढीले बढेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्