१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जाजरकोटमा बस दुर्घटना :पाँच जनाको मृत्यु, २७ घाइते, मृतकको पहिचान हुन बाँकी


0
Shares

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस गएराति २ बजे दुर्घटना भएको हो । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् ।

बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ । मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा अपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।