
रामेछाप । रामेछाप र ओखलढुंगाको सीमा लिखु नदीमा निर्माण भएको लिखु ४ जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।
आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोडिएको हो । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले ३ वर्षमा आयोजना सम्पन्न गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्न थालेको हो ।
लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।
उत्पादन गृहमा २ वटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युतलाई २ सय २० केभी प्रशारण लाइनमार्फत रामेछापको मन्थली नगरपालिकामा निर्माण भएको न्यू खिम्ती सब स्टेशनमा जोडिएको हो । आयोजनाले तत्कालै सर्वसाधारणको लागि पनि सेयर जारी गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्