
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको लागि निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।
आर्थिक वर्षको पहिलो चौमासिकमा साउनदेखि कात्तिकसम्मका लागि भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा कार्यालयले ७० अर्ब १२ करोड १४ लाख राजस्व संकलन गरेका छ ।
कोरोना संक्रमितको संख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि वीरगञ्ज नाकाको प्रयोग गरी आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व संकलन बढ्दै गएको वीरगञ्ज भन्सार कार्यालय ले जनाएको छ ।
चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट संकलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्