
तस्विर फाइल
कामठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रको दोस्रो दिन एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा खोसिएको छ ।
महाधिवेशन प्रतिनिधिहरुहरुले मनोनयनपत्र दर्ता नै नभएका कारण देखाउदै रावलको पर्चा खोसेका हुन् । उनीहरुले रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिएका छैन ।
स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् । बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्