
काठमाडौ । १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सुधार ल्याउन १० वटा सूत्र अघि सार्नुभएको छ ।
पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले रूपान्तरणका लागि १० सूत्र अघि सार्नुभएको हो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले ‘कांग्रेसको अबको बाटो’ भन्दै १० सूत्र सार्वजनिक गर्नुभएको हो । पौडेलले आफूले लोकतन्त्र र समाजवादको पक्षमा जीवनभर वकालत गरेको, तर अहिले भने पार्टीभित्रै लोकतन्त्रमाथि चुनौती पैदा भएको उल्लेख गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला नेताहरु रामशरण महत, कमला पन्त, अर्जुनरसिंह केसी, जीवन परियारलगायतको उपस्थिति रहेको थियो ।
महाधिवेशनमा नीति र कार्यक्रम बारे छलफल नहुने अवस्था आएकाले छलफलका लागि आफूले १० बुँदै प्रस्ताव अघि सारेको पौडेलको भनाई छ । कांग्रेसले महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्ने र पछि विधान महाधिवेशन गर्ने जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्