
एजेन्सी । दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स फर्केका ६१ जना कोरोना संक्रमित यात्रु मध्ये १३ जनामा नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टी भएको छ ।
दक्षिण अफ्रिकाको जोहानेशबर्गबाट नेदरल्याण्ड्सको एम्स्टर्डम पुगेका दुइवटा बिमानमा सवार ६१ यात्रुहरु कोरोना पोजिटिभ पाइएकोमा १३ जनामा नयाँ भेरिएन्ट पुष्टी भएको हो ।
नयाँ भेरिएन्ट भेटिएपछी नेदरल्याण्ड्समा थप कडाइ गर्ने तयारी गरिएको छ । यसैबीच नेदरल्याण्ड्सका स्वास्थ्यमन्त्री ह्युगो द जोङले यसअघि एक साताको अवधिमा दक्षिण अफ्रिकी मुलुकबाट नेदरल्याण्ड्स फर्केका यात्रुहरुलाई पनि कोरोना परिक्षण गर्न निर्देशन दिएका छन् । अफ्रिकी मुलुकमा देखा परेको ओमिक्रोन बेलायत, जर्मनी, इटली र अष्ट्रेलियामा पनि देखा परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्