७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


३६ मतको अन्तरले कांग्रेसको धादिङ सभापतिमा अधिकारी निर्वाचित


26
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

आइतबार भएको निर्वाचनबाट सभापतिमा अधिकारीले प्रतिस्पर्धी भीम ढुंगानालाई ३६ मतको अन्तरले पराजित गरी निर्वाचित हुनुभएको हो ।

आज बिहान आएको मतपरिणामअनुसार अधिकारीले एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । सभापतिका अर्का उम्मेदवार भीम ढुंगानाले एक हजार ४६ मत ल्याउनुभएको छ ।

त्यस्तै, कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित हुनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट आलेले ९ सय ५१ मत ल्याउँदा शेरबहादुर देउवा पक्षधका बैकुण्ठ न्यौपानेले ७ सय ८३ मत मात्रै प्राप्त गर्नुभयो ।