
एजेन्सी । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले लाजियोलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा नेपोलीले लाजियोलाई ४–० ले पराजित गरेको हो ।
नेपोलीका ड्रिएस मेर्टिन्सले दुई तथा पिओटर जिलेन्स्की र फावियनले समान एक गोल गरे ।
खेलको सातौं मिनेटमा पिओटरले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । दशौँ मिनेटमा मेर्टेन्सले गोल गर्दा नेपोलीको अग्रता दोब्बर बन्यो । २९ औं मिनेटमा मेर्टेन्सले व्यक्तिगत दोस्रो गोल गर्दै नेपोलीलाई ३–० को अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा फाबियन रुइजले गोल गर्दै नेपोलीलाई ४–० को जित दिलाए ।
जितसँगै नेपोलीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । शीर्षस्थानमा रहेको नेपोलीको १४ खेलबाट ३५ अंक र दोस्रो स्थानको एसी मिलानको ३२ अंक छ । पराजित लाजियो २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्