
काठमाडौंं । भारतमा अझै पनि एक लाखभन्दा बढी नै रहेको पाइएको छ ।
पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहे पनि यो समाचार तयार पर्दा सम्म एक लाख ११ हजार ८९७ सकृय संक्रमित रहेको हो ।
ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार २२६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म तीन करोड ४५ लाख ७८ हजार ७४९ जना संक्रमित भएका छन् ।
पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण २० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या चार लाख ६८ हजार ५७४ पुगेको छ ।
कोरोनाभाइरसबाट संक्रमित भएर पनि गत २४ घण्टामा ९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने तीन करोड ३९ लाख ९८ लाख २७८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्