
काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गर्नु भएको थियो । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन । उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्