१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नेपाल-भारत समन्वय समिति बैठक सम्पन्न


13
Shares

बैतडी । नेपाल–भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । बैठकमा दुबै देशका जिल्ला अधिकारीहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, लागू औषधको कारोबार नियन्त्रण, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसंग जोडिएका घाटहरु व्यवस्थित गर्ने लगायतका बिषयमा छलफल भएको जनाइएको छ ।

भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानको पहलमा सम्पन्न भएको बैठकमा नेपालबाट बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार प्रमुखहरुको सहभागिता रहेको थियो ।