१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एमाले अध्यक्षमा केपी ओलीको दाबी


0
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली शर्माले अध्यक्ष पदका लागि दाबी गर्नु भएको छ । उहाँले पदको दाबी गर्दे उम्मेदवारी दर्ता समेत गराउनु भएको छ ।

अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिनु भएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल समर्थक रहेका छन् ।

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको पनि अन्नतमा निर्वाचन हुने भएको छ। अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा पनि चुनाव हुने भएको छ ।

रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।