
काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसैक्रममा सचिव पदमा कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्