१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क १५ हजारदेखि पाँच सयसम्म


0
Shares

काठमाडौं। नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ । क्रमश स् अध्यक्षका पदका लागि १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी, पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ ।

निर्वाचन आयोगले मध्यरातमा सार्वजनिक गरेको सूचना अनुसार पदाधिकारीले १० हजार र केन्द्रीय सदस्यले ५ सय शुल्क बुझाएपछि मात्र उम्मेदवार हुन पाउने छन् ।

यसैगरी, केन्द्रीय आयोगहरू लेखा र अनुशासन आयोगका अध्यक्षका उम्मेदवारले १० हजार र सदस्यले पाँच सय शुल्क बुझाउनु पर्ने मापदण्ड बनाइएको निर्वाचन आयोगले जनाएको छ ।