१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी हुन् फर्सीका बियाँका फाइदा, अध्ययन भन्छ– ‘दैनिक ५० ग्राम खाँदा ३५ प्रतिशत मधुमेह घट्छ’


13
Shares

एजेन्सी । मधुमेहका बिरामीले जीवनभर ‘सुगर लेवल’ नियन्त्रणमा राख्नुपर्ने हुन्छ । जसका लागि खानपानमा ध्यान दिँदै सावधानी अपनाउनु अपरिहार्य हो ।

धेरै अध्यनहरूले फर्सीको बियाँले मधुमेहलाई घटाउन मद्दत पुग्ने देखाएको छ । फर्सीको बियाँमा कार्बोहाइड्रेड धेरै मात्रामा हुने भएकाले शरीरका लागि धेरै उपयोगी हुन्छ । यसमा शक्तिशाली एन्टिअक्सिडेन्टका साथै भरपुर प्रोटिन पाइने विज्ञहरु बताउँछन् ।

२०१८ मा भएको अध्ययनले दिनमा ५० ग्राम फर्सीको बियाँ खाँदा मधुमेह ३५ प्रतिशतसम्म कम हुन्छ । यसमा पाइने म्याग्नेसियम पिनले स्वस्थ मानिसलाई पनि मधुमेहको जोखिम कम गराउन मद्दत गर्छ । भिटामिन ‘इ’को स्रोत पनि भएकाले यसले क्लोरेस्टोरल कम गर्छ ।

मधुमेहको बिरामीहरूले माछा, बोडी, शखरखण्ड जस्ता खानेकुरा खादा मधुमेहलाई केही कम गर्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।