
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गते दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार तालिका सार्वजनिक गर्दै दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार खेल मंसिर १७ गतेदेखि २७ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।
मंसिर १७ गते फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच दिउँसो १ बजे खेल हुँदा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच बेलुकी पौने ५ बजे हुनेछ ।
फागुनसम्म जारी हुने लिगका बाँकी खेलतालिका पछि सार्वजनिक गर्दै लगिने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्