१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० सचिवको सरुवा, को कहाँ पुगे ?


0
Shares

काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयमा खटाइँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा हुँदा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालय पुर्याउँदा शहरी मन्त्रालयमा सचिव मणिराम गेलाललाई लगिएको छ ।

यस्तै, बैठकले शहरी मन्त्रालयका सचिव रमेश सिंहलाई अतिरिक्त राख्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

निर्वाचन आयोगमा सचिव गोकर्णमणि दुवाडीलाई र वित्त आयोगमा सचिव भरतमणि सुवेदीलाई सरुवा गरिएको छ ।